- 2016 May 14 समिति घोषणा
- 2017 July 10मा अधिवेशन मार्फ़त पूर्णता
- 2022 January 1 दोस्रो अधिवेशन
- 2024 February 11 तेस्रो अधिवेशन
हामी प्रदेशमा छौ, मानव जीवन कहिले के हुन्छ पत्तो नै छैन। हो २०१६ मा यस्तै घटना घटेको थियो। रोल्पाका १ जना साथीको मृत्य भएको थियो। त्यति बेला संस्था नभएको कारण हामीलाई विभिन्न संघ संस्थासँग सहकार्य गर्न धेरै नै गारो भएको थियो। सो घटनालाई मनन गरी रोल्पालीहरुलाई एउटै संस्था खाचो छ भन्ने मनसायले रोल्पा समाज जापान स्थापना भएको हो।
रोल्पा समाज जापानको प्रमुख उद्देश्य भनेको जापान बासी रोल्पाली तथा नेपालीहरुलाई सुखदुःखमा हातोमालो गरी परीआएका समस्याहरुको समाधान गर्नु हो। हामी हाम्रो चाडपर्व, रीतिरिवाजलाई प्रदेशमा भए पनि मनाई रोल्पालीहरु बीचको भाईचारालाई प्रगति बनाउनु हो।
रोल्पा समाज जापान एउटा नाफा मूलक संस्था हो। यससँग सम्बन्धित कार्य समाज र कार्यसमितिबाट कहिले हुने छैन र हुन दिइने छैन। हामी रोल्पा समाज जापानको भित्र कुनै राजनीतीकरण नहुनु पर्ने जानकारी गराउँदछौं।
रोल्पा समाज जापान स्थापना समयमा यस संस्थामा आबद्ध सदस्य साथीहरुले खोलेको संस्था हो रोल्पाली सेवा समाज। हाल विभिन्न प्रलोभनमा देखाई रोल्पाका साथीहरुलाई सो संस्थाको सदस्य दिने काम र अन्य संस्थाका कार्यक्रमहरुमा पनि लाग्नका लागि प्रेरित गर्दैछन्। हामी जुन संस्थामा भए पनि, जहाँ भए पनि रोल्पा र रोल्पाली साथीहरुलाई दुःखसुखमा सहकार्य गरौँ भन्ने मनसायले काम गर्दैछौं।
कर्मभूमि र जन्म भूमिको लागि सम्पुर्ण रोल्पाली गोलबन्द हौ भन्ने नाराका साथ सैद्धान्तिक तथा बैचारिक आधारमा संगथीत भएर जान जापानमा महत्वपुर्ण सेवा पुर्याउने र जापानमा हुदाखेरी दुख र सुखमा हादिने उदेश्यले अभिप्रेरित भई मुनाफा रहित सामाजिक संस्था रोल्पा समाज जापान स्थापना गर्न अति बाञ्छनीय र अपरिहार्य भएकोले “रोल्पा समाज जापान” नामक संस्थाको स्थापना गर्दै यो विद्यान निर्णय गरी जारी गरिएको छ ।
१.१ यस संस्थाको नाम रोल्पा समाज जापान हुनेछ । अंग्रेजीमा ूच्इीएब् क्इऋक्ष्भ्त्थ् व्ब्एब्ल्ू हुनेछ र जापानिजमा हुनेछ । लोगोमा गोलाकार भित्र रोल्पाको चिनारी जलजलाको मन्दिर र जापानको झन्डा र नेापालको झन्डा हुनेछ । आवश्यकता अनुसार लोगो परिवर्तन गर्न पनि सकिनेछ ।
१.२ रोल्पा समाज जापानको स्थापना द्दण्ज्ञट :बथ ज्ञद्ध मा बारकोड गुडवाईम रेस्तोरान तोक्योमा तर्दुथ समिती घोसना भै द्दण्ज्ञठ व्गथि ज्ञण् मा रोयल गार्डेन नेपाली रेस्टुरेन्ट तोक्योमा अधिवेशन माफर्त पुर्णता पाएको छ ।
१.३ यो विधान जापानमा हुने सम्पुर्ण रोल्पाली लाई लागु हुनेछ ।
१.४ यो विधान आधिवेशन माफर्त पारित हुने वितिकै लागु हुनेछ ।
२.१ विधान भन्नाले रोल्पा समाज जापानको विधान २०१७ लाई बुझिन्छ ।
२.२कार्यसमिती भन्नाले यस विधानमा भएको विधि बमोजिम गठन भएका रोल्पा समाज जापान सबै तहका कार्यसमिती हरुलाई बुझिन्छ ।
२.३पदाधिकारी भन्नाले यस समाजका सबै तहका कार्यसमिती अन्तर्गत रहेका अध्यक्ष‚ वरिस्ठ उपाध्यक्ष‚ उपाध्यक्ष‚ महासचिव‚ सचिव‚ कोषाध्यक्ष‚ सहकोषाध्यक्ष र प्रवक्ता लाई बुझाउँछ ।
२.५ सदस्य भन्नाले यस विधान बमोजिम गठन भएका कार्यसमितिका सदस्य हरुलाई बुझाउँछ ।
२.६साधारण सदस्य भन्नाले यस विधानमा उल्लेख गरिए अनुसार साधारण सदस्य ग्रहण गरेको र जापानमा बसेको सबै रोल्पालीलाई बुझाउँछ ।
२.७सल्लाहकार भन्नाले कार्यसमितीलाई आवश्यक सर–सल्लाह र निर्देशन दिने बुझाउँछ ।२.८ संरक्षक भन्नाले समाजको रेखदेख र समाजलाई रक्षा गरी बचाउने आवश्यक सल्लाह दिने बुझाउँछ ।
२.१ जापानमा बस्दै आएका रोल्पाली हरुलाई समयानुकुल हुने गरी छलफल र भेटघाट गर्दै रोल्पाली लाई चिनाउने खालको कार्यक्रम गर्ने ।
२.२ जापानमा रहेका सबै संघ संस्था सङ्ग भाईचाराको सम्बन्ध राख्ने ।
२.३ जापानमा कार्यरत सम्पुर्ण रोल्पाली तथा‚ गैर रोल्पाली नेपाली दाजुभाई तथा दिदीबहिनी हरुको भरपरी आउने समस्या हरुमा विशेष चासो राख्दै आर्थिक भौतिक तथा कानुनी लगायतका सहयोग दक्ष गर्ने ।
२.४ जापान मात्र नभए परिआए खण्डमा नेपालतिर पनि सक्दो सहयोग गर्ने ।
३.१ यस संस्थालाई जापान सरकारको संघ संस्था अन्तर्गतको कानुनी बमोजिम दर्ता गराकोछ र निस्चित कार्यालय हुनेछ ।
३.२ समाजको कार्यसमितीको हरेक ३ महिनामा १ चोटि पुर्व बैठक बस्ने छ । विशेष कारण बाहेक प्रत्येक बैठकको अन्तिम निर्णयले आगामी बैठकको मिती र स्थान तोकेको हुनुपर्ने छ ।
३.३ साधारण बैठक हरु आवश्यक अनुसार बस्न सकिने छ ।
३.४ अध्यक्ष को आदेश अनुसार महासचिवले कार्यसमितीका सदस्य हरुलाई बैठकको जानकारी गर्नु पर्ने छ ।
३.५ कार्यसमितीको बैठकको लागि गुणपुरक संख्या ५१% हुनुपर्ने छ । ५१% नपुगी बैठकका निर्णय हरु लिन नसकिने अवस्था सिर्जना भएमा त्यस बैठक स्थगित गरिनेछ ।
३.६ आतिकालिन बैठकको लागि गणपुरक संख्या आवश्यकता रहने छैन ।
३.७ कार्य समितीको ६६% सदस्य हरुको लिखित भाग भएमा अध्यक्षले कुनैपनि समयमा विशेष बैठक बोलाउन सक्ने छ ।
४.१ ज्ाापानका सम्पुर्ण रोल्पालीहरु साधारण सदस्य बन्न सक्ने छन् ।
४.२ साधारण सदस्य बन्नको लागि कार्यसमितीको तोकको सदस्यता शुल्क बुझाउनु पर्नेछ ।
४.३ सदस्यता पत्रको अवधि २ वर्ष हुनेछ । अर्को आधिवेशन हुनु अगाडि सदस्य नवीकरण गर्नु पर्नेछ । शुल्क २ हजार ऐन लाग्नेछ ।
४.४ सदस्यता पत्र निम्न अवस्थामा समाप्ति भएको मानिनेछ ।
क समाजको विधान विपरित काम गरेमा ।
ख सदस्यता नविकरण नगरेमा‚ गर्न नमानेमा ।
ग समाजको आचार संहिता अनुकुल आचरण नगरी कारबाहिपरेमा ।
५.१ समाजको सर्वोच्च अङ्ग नै महाअधिवेशन हुनेछ ।
५.२ कार्यकारिणी समितीको अध्यक्ष पत्र नै यसको अध्यक्ष तथा सभापति रहनेछ ।
५.३ महाधिवेशन उत्धातन सत्र र बन्द सत्र गरी २ चरणमा हुनेछ । उत्धातन सत्रमा प्रमुख अतिथि‚ विशिष्ठ अतिथि‚ अतिथि गरेर विभिन्न बाह्य संघ संस्थाका पाहुनाहरुको पनि उपस्थित रहन सक्ने छन् । बन्द सत्र विल्कुल समाज आन्तरिक प्रतिनिधि तथा पदवेक्षकहरुको मात्रै सहभागिता रहनेछ ।
५.४ महाधिवेशनको सुचना कम्तीमा १ महिना अगाडीकै सम्पुर्ण साधारण सदस्य समक्ष पोस्टर‚ पम्पलेट तथा महासचिव र सचिव हरु जानकारी गराउनुपर्नेछ ।
५.५ महाधिवेशनको काम‚ कर्तव्य र अधिकार निम्न रहनेछ ।
क निर्वाचन मण्डल गठन गर्ने र उक्त निर्वाचन माफर्त नयाँ कार्यसमितिको गठन वा निर्वाचन गर्ने ।
ख बजेट स्वीकृत गर्ने ।
ग आवश्यकता अनुसार विधान संसोधन गर्ने ।
घ नयाँ कार्यसमितीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने र विधान जिम्मा लगाउने ।
६.१ रोल्पा समाज जापानको समितिमा....देखी....जना सम्मको कार्यकारिणी समिति गठन गर्न सकिनेछ ।
६.२ कार्य समितिको कार्य अवधि २ बर्षको हुनेछ ।
६.३ कार्यसमिति भित्र देहाय बमोजिमको पदाधिकारी र सदस्यहरु रहने छन् ।
क संरक्षक – १
ख अध्यक्ष – १
ग उपाध्यक्ष – १
घ उपाध्यक्ष ३ (एक महिला सहित)
ङ महासचिव – १
च सचिव – १
छ कोषाध्यक्ष – २
ज सह–कोषाध्यक्ष – २
झ प्रवकता – १
ञ सदस्यहरु – १
६.४ कार्यसमितिको काम कर्तव्य र अधिकार
क समाजको उद्देश्य प्राप्तीको लागि प्रगतिको लागि विभिन्न उपलब्धी मुलक रचनात्मक कामहरु गर्ने ।
ख महाधिवेशन अगाडि समाजको सदस्यता पत्र नविकरणमा तथा वितरकमा तिब्रता पूर्वक अगाडी बढ्ने ।
ग महाधिवेशनबाट पारित भएको विधान र निती नियमहरु पालना गर्ने र गराउने ।
घ समाजको चल अचल सम्पतिको संरक्षण र सम्वर्धन गर्ने ।
ङ परिस्थितिको आवश्यकता अनुसार सहयोग लिने र दिने दुवै कार्य जारी राख्ने । विभिन्न कारण बरु रिक्त भएमा पदहरुमा नयाँ कार्यसमिति गठन नभए सम्म पदपुर्ति गर्ने ।
च वाषिर्क कार्यक्रम कार्यकालको प्रतिवेदन तथा अन्य आय वयविवरण महाधिवेशनमा पेश गर्ने ।
छ कार्यकाल उवरार्धमा नयाँ कार्य समितिको लागि स्थान र मिति तोकेर अधिवेशन सम्पन्न गर्ने ।
६.५ कार्य समितिका पदाधिकारी हरुको काम र कर्तव्य
क संरक्षकको काम र कर्तव्य र अधिकार:
१ समाज सबैभन्दा सम्मानव पद संरक्षक भएकोले अत्यन्तै लगनशील र भइ भई समाज र संस्थालाई आवद्ध विभिन्न पद धारण गरेमा कार्यसमिति लगाएका दुई जापान बासी रोल्पालीको अभिभावकको भूमिका निर्वाह गर्ने ।
२ संस्थाका कुनै विषयमा विवाद भई अध्यक्ष समेतले केहि गर्न नसकेमा अध्यक्ष आफै विवाद भई समस्या आएको खण्डमा संरक्षणले कुनै काखा पाखा नबनाई सबै मिलाउने उचित विकल्प र निकाश दिने कार्य गर्ने ।
३ बैठक र साधारण सभाहरुमा उपस्थित भए उचित सल्लाह दिने ।
४ विभिन्न कारण वश समाज अन्तरिक अवस्थामा पुगे अर्थात हिडिने स्थिति आएमा अन्तिम कडि सम्म अविचलीत भएर समाजलाई बचाउने र व्युताउने हर सम्भव प्रयास गर्ने र नयाँ कार्यसमिति गठन गर्ने प्रक्रिया clanDj अगाडी बढ्ने ।
ख अध्यक्षको कान कर्तव्य र अधिकार
१ समाजको नेतृत्व वहन गर्ने ।
२ महाधिवेशन र बैठक बोलाउने ।
३ बैठकको अध्यक्षता गर्ने र निर्णयहरु कार्यन्वयन गर्ने/गराउने ।
४ कुनैपनि समय बैठकमा अवरोध तथा विवाद उत्पन्न भएको बेला सामाजको अध्यक्षको मान मर्यादा र कर्तव्यलाई ध्यानमा राख्दै समानजको हितको लागी अन्तिम निर्णय दिने ।
५ समाजको लागि विभिन्न नयाँ कार्य योजनाहरुको खाका ल्याउने ।
६ समाजमा भएका सम्पुर्ण चल अचल सम्पति रेखदेख गर्ने र नियन्त्रण र संभार गर्ने ।
७ जापान भित्र रहेका अन्य संघ संस्थाहरु संग पारिस्पारिक सम्बन्ध कायम राख्ने र समाजको गरिमा र मान मर्यादालाई उच्च बनाउने काम गर्ने ।
ग वरिष्ठ उपाध्यक्ष काम र कर्तव्य
१ अध्यक्षहरुको अनुपस्थितिमा समाजको अध्यक्षको काम‚ कर्तव्य र अधिकार प्रयोग गर्ने ।
२ अध्यक्षहरु आउन छुटेका कार्यक्रमहरु र योजनाहरु याद गरेर बैठकमा प्रस्तुत गर्ने ।
३ बैठकको निर्णय हरुलाई कार्यन्वयन गर्ने अहम भूमिका निर्वाह गर्ने ।
घ महासचिवको काम‚ कर्तव्य र अधिकार
१ मितिको कार्यालय सम्बन्धी काम गर्ने ।
२ प्रस्ताव तथा एजेन्स अनुरुप बैठक सञ्चालन गर्ने ।
३ बैठकले गरेको निर्णयहरुको माइन्युटमा अभिलेख राख्ने र सम्बन्धित निकायमा पठाउन वा पत्राचार गर्ने ।
४ कार्यक्रम सभा‚ गोस्ठी तथा सम्मेलन हरुमा पत्राचार गर्ने ।
५ साधारण सभामा वाषिर्क प्रतिवेदन पेश गर्ने ।
६ अध्यक्षको परामर्ष लिई बैठक बोलाउने ।
७ महाधिवेशनमा कार्यकालको प्रतिवेदन प्रस्तुत गर्ने /अन्य कार्यक्रमहरु संचालन गर्ने ।
ङ सचिवको काम‚ कर्तव्य र अधिकार
१ महासचिव अनुपस्थितिमा महासचिवको सम्पुर्ण कार्यभार तथा जिम्मेवारी समहाल्ने ।
२ महासचिवको कार्यालय सम्बन्धिका काम कार्यमा सहयोग गर्ने ।
च कोषाध्यक्षको काम‚ कर्तव्य र अधिकार
१ समाजको लेखा राख्ने ।
२ विभिन्न कार्यक्रमसम्बन्धी आय व्यय सन्तुलन राख्ने ।
३ सदस्य वितरण तथा नविकरण गर्न लगाउने ।
४ कार्य समितिको बैठकले गरेको निर्णय अनुसारको खर्च छुटाउने ।
५ अधिवेशनमा आफ्नो कार्यकालको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने ।
छ सह–कोषाध्यक्षको काम र कर्तव्य र अधिकार
१ कोषाध्यक्षको सम्पुर्ण कार्यमा सल्लाह तथा सहयोग गर्ने
२ कोषाध्यक्षको अनुपस्थितिमा कोषाध्यक्षको सबै काम जिम्मेवारी समाल्ने ।
ज प्रवक्ताको काम कर्तव्य र अधिकार
१ समाजका आवश्यक सूचना तथा गतिविधिहरु संचार अंगमा प्रस्तुत गर्ने ।
२ अध्यक्ष र महासचिव संग विचार विमर्स गरेर समकक्ष अन्य संस्था हरु संग कार्यक्रम हरुबारे सम्झौता वार्ता जस्ता कार्यहरुमा अग्रीम भूमिका निर्वाह गर्ने ।
झ सदस्य हरुको काम कर्तव्य र अधिकार
१ कार्यसमितिको बैठक तथा निर्णय कार्यन्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने ।
२ समाजको हरेक क्रियाकलापमा सक्रिय भुमिका निर्वाह गर्ने ।
३ समाजको उद्देश्य बारे अवगत गराउँदै साधारण सदस्य बृद्ध र विस्तार वितरण गर्नमा क्रियाशील हुने ।
ञ साधारण सदस्यको काम‚ कर्तव्य र अधिकार
१ कार्यसमिति प्रति कुनैपनि आय आउने खाका कार्य नगर्ने ।
२ समाजको हरेक क्रियाकलापमा विधानको अधिनमा रहि सक्रिय भुमिका निर्वाह गर्ने ।
ट सल्लाह समिति
१ यस समाजलाई समय अुरुप सुचारु ढङ्गले अगाडि बढाउनको लागि आवश्यक पर्ने बेलामा सल्लाह सुझाव दिने योग्य व्यक्ति समाजसेवी‚ बुद्धिजिवी व्यक्तिहरु छनोट गरी ३ देखी १० जना सम्मको सल्लाहकार समिति गठन गरिनेछ ।
७.१ कार्यसमितिको कुनै पनि पद विविध कारण बरु रिक्त हुन आएमा कार्यसमितिको पुर्ण बैठकमा छलफल गरी विधान बमोजिम पदपुर्ति गरिनेछ ।
७.२ कार्यसमितीमा रहेर संस्थाको मान मर्यादालाई कुल्चेर संस्थाको हित विपरित काम गरेमा र विधान विपरित को काम कार्यहरु गरेमा कार्यसमितीको दुई तिहाई बहुमतले कार्यसमितिको कुनैपनि पदाधिकारी तथा सदस्यलाई कारबाही सहित पदबाट निलम्बन गर्न सक्नेछ ।
७.३ लगातार उपतक सम्म उचित कारण नदेखाई बैठकमा उपस्थित नभएमा परिस्थिति अनुरुप कारबाही सहित पदबाट निलम्बन गर्न सक्ने छ ।
७.४ कार्यसमितिको पदाधिकारी तथा सदृढ निजी काम काजले जापान बाहिर जानुपरेमा कार्यसमितिमा जानकार दिनुपर्नेछ ।
७.५ महाधिवेशन द्वारा निर्वाचित बहुमत सदसेवा कार्यसमितिबाट राजीनामा दिएमा कार्यसमिती स्वत: विघटन हुनेछ ।
७.६ कार्य समितिको पद सकिएको तर कुनै कारण बरु आधिवेशन भर्न नसक्ने अवस्थामा पुर्ण बैठक बाट कार्यसमिती विघटन बनाई महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिती गठन गर्न सकिनेछ ।
८.१ राजीनामा दिदा अध्यक्षले चालु बैठकमा दिनुपर्नेछ । र पदाधिकारी वा सदस्यहरको अध्यक्ष सँग कुनैप्नि समय दिन सक्ने छन् ।
८.२ कार्यसमितीको कुनैपनि पदाधिकारी विरुद्ध पेश गरिने अविश्वासको प्रस्ताव सम्बन्धित कार्यसमितिकै सदस्य तथा पदाधिकारी हरु प्रस्तावक–१ र समर्थक–२ रहेको अविश्वासको प्रस्ताव चालु बैठकमा नै पेश गर्नुपर्नेछ ।
८.३ अविश्वासको प्रस्ताव माथि छलफल गरी मतदान गर्नुपर्ने स्थिति आएमा मतदान गर्दा प्रस्तावको पक्षमा दुई तिहाई बहुमत आएको खण्डमा अविश्वासको प्रस्ताव पास भएको ठहरिन्छ ।
८.४ कार्यसमितिका कुनैपनि पदाधिकारीले संस्थालाई सामाजिक र नैतिक आच आउने काम गरेमा संस्थाका मानमर्दन हुने काम गरेमा । संस्थाको गरिमालाई खल्ल पुर्याउने र हित विपरित हुने काम गरेमा विधान भन्दा बाहिर रहेर नाजायज काम कार्यहरुमा सङ्गलङन र सक्रिय हुने काम गरेमा उनको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ ।
९.१ समाजको प्रतिक चिन्ह गोलाकार भित्र रोल्पाको धार्मिक स्थल र रमणीय ठाउँ जलजलाको मन्दिरको दाया बायाँ नेपालको झन्डा र जापानको झन्डा हुनेछ ।
९.२ सदस्यता शुल्क
९.३ विभिन्न‚ संस्कृतिक कार्यहरु‚ खेलकुद कार्यक्रम र विविध कार्यक्रम हरुको आयोजना बाट उठेको रकम ।
९.४ चन्दाबाट संकलित रकम
९.५ विभिन्न संघ संस्थाबाट र अन्य महानुभावहरबाट प्राप्त हुन आएको आर्थिक सहयोग रकम ।
१०.१ नियम :— समाजको कार्यसन्चालनको लागि आवश्यक पर्ने नियम‚ उपनियमहरु इस समाजको कुनैपनि स्तरको कार्यसमितिको विधानको अधीनमा आवश्यक समयमा आवश्यक निती नियमहरु बनाउन सक्नेछ ।
१०.२ यवस्था :— यस विधानमा उल्लेखित कुनैपनि धारा उपधारामा शब्दको व्यवस्था विश्लेषण सम्बन्धी समस्या आई परेको खण्डमा त्यसको विश्लेषण गर्ने अधिकार र यस समितिको कार्यसमिति लाई हुनेछ ।
१०.३ विभाग :— समाजको कार्ययोजना हरु व्यावस्थित गर्ने कार्यसमिती अन्तर्गत विभिन्न विभाग हरु रहनेछन् वा गठन गर्न सकिनेछ ‚ जस्मा प्रमुख–१ र सदस्य–२ गरी ३ जना हुनेछ ।
१०.४ विधा संशोधन :— यस विधानको थप घट गर्ने र सच्याउने अधिकार समाजको सदस्यता दिएका दुई तिहाई आधारमा सदस्यहरुको बहुमतले यो विधान संशोधन गर्न सकिनेछ अन्यथा महाधिवेशनले मार्ग संशोधन गर्ने अधिकार राख्ने छ ।
१०.५ विधान खोजी :— कुनैपनि अधिवेशनको प्रस्तुत विधान कार्यान्वयन भईसकेपछि यस अवधि सम्मका विधान स्वत: निस्क्रिय भई खारेज भएको मानिनेछ ।
१०.६ असर :— प्रस्तुत विधानले यस भन्दा अगाडि रोल्पालीको कुनैपनि समितिले गरिसकेको काम कारबाहीलाई असर गरेको मानिनेछैन ।