スピーチコンテスト2025ダウタリジャパン

April 18, 2025

スピーチコンテスト2025ダウタリジャパン
スピーチコンテスト2025ダウタリジャパン कार्यक्रमका प्रमुख उद्देश्यहरू:- यो प्रतियोगिता जापानमा रहेका नेपाली विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्दै उनीहरूलाई भाषाको माध्यमबाट आफ्नो विचार र अनुभव प्रकट गर्न प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगितामा सहभागी हुने मापदण्डहरू:- * विद्यार्थी भिसा:�सहभागीहरू अनिवार्य रूपमा विद्यार्थी भिसामा हुनुपर्ने, * क्षेत्र:�सहभागीहरू जापानको कान्तो (चिवा, टोकियो, सैतामा, खानागावा ,तोचिगि ,इबाराकि ,गुन्मा र यामानासि)क्षेत्रका हुनुपर्नेछ। * स्पीचको समयसीमा:- भिडियो (२-५मिनेट ) समयसिमासम्मको हुनुपर्ने,�प्रस्तुतिको समय अधिकतम ५ मिनेटसम्म मात्र हुनुपर्नेछ। * स्पीचको विषय:�विषय जुनसुकै भए पनि आफ्ना भावनाहरू स्पष्ट रूपमा व्यक्त गर्ने खालको हुनुपर्नेछ। आवेदन प्रक्रिया: 1. भिडियो पठाउने:�सहभागी हुन इच्छुकहरूले आफ्नो स्पीचको भिडियो दौतरी जापानको पेजमा राखिएको google form link बाट पठाउनुपर्नेछ। 2. छनोट प्रक्रिया: * प्राप्त आवेदनहरूबाट १०जना सहभागीलाई शॉर्टलिस्ट गरिनेछ। * छनोट भएका सहभागीहरूले तोकिएको स्थान र समयमा आएर आफ्नो प्रस्तुति दिनुपर्नेछ। 3. उपस्थितिको अनिवार्यता:�तोकिएको समय र स्थानमा उपस्थित नभएमा, आवेदन स्वतः रद्द हुनेछ। महत्वपूर्ण मिति र जानकारीहरू: * भिडियो पठाउने अन्तिम मिति:२०२५/५/१५ सम्म रहेको छ, * जर्जहरुद्वारा आएका भिडियोहरूको परीक्षण र छनोट गर्ने समय : २०२५/५/१६ बाट ६/१९ सम्म रहनेछ, * छनोटको नतिजा घोषणा गर्ने मिति:२०२५/६/२५गते * स्पीच प्रस्तुति कार्यक्रमको मिति :-२०२५/७/५गते थप जानकारीका लागि: * हामीलाई दौतरी जापानको फेसबुक पेज मार्फत सन्देश दिन सक्नुहुन्छ। * यो प्रतियोगितामा सहभागी भएर आफ्नो प्रतिभा प्रदर्शन गर्ने यो सुवर्ण अवसर नगुमाउनु होला! नोट: प्रतियोगिता निष्पक्ष, पारदर्शी तरिकाले सञ्चालन गरिनेछ। आजै आवेदन गर्नुहोस् र आफ्नो क्षमता प्रमाणित गर्ने मौकाको सदुपयोग गर्नुहोस्। सफलताको शुभकामना -रोल्पा समाज जापान
Go Back