June 23, 2026
“आफ्नो संस्कार, संस्कृति, भेषभूषा र मौलिक पहिचानको जगेर्ना र प्रवर्द्धनका लागि” भन्ने मूल उद्देश्यका साथ, विशेष गरी रोल्पा, रुकुम आसपासका क्षेत्र तथा नेपालका विभिन्न स्थानहरूमा मनाइने मौलिक पर्व भुमे पर्वको अवसरमा जापानमा रोल्पा समाज जापान र पूर्वी रुकुम समाज जापानको संयुक्त आयोजनामा सम्पन्न भुमे पूजा (नाँच) तथा वनभोज (BBQ) कार्यक्रम भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
कार्यक्रमका प्रमुख अतिथि NRNA जापानका अध्यक्ष श्री सुभास लामिछाने ज्यू, विशिष्ट अतिथि NRNA ICC युवा संयोजक तथा Yehey Remit का सञ्चालक श्री नवीन न्यूरे ज्यू, NRNA जापानका उपाध्यक्ष श्री टिकाराम खरेल ज्यू, युवा संयोजक श्री दीप मगर ज्यू, नेपाल मगर संघ जापानका अध्यक्ष श्री भिक्टर ठाडा मगर ज्यू, पूर्व अध्यक्ष श्री रामहरि खपाङ्गी मगक ज्यू, गुरुङ समाज जापानका अध्यक्ष श्री युवराज गुरुङ ज्यू, B.Bright का CEO श्री केशवराज ओझा ज्यू, पाइला किचेनका सञ्चालक श्री शान्ति रोका मगर ज्यू, यति मार्टका सञ्चालक श्री आशा बुढा मगर ज्यू, पूर्वी रुकुम समाज जापानका अध्यक्ष श्री मनोरथ घर्ती मगर ज्यू, पश्चिम रुकुम समाज जापानका अध्यक्ष श्री प्रिन्स पुन ज्यू, रोल्पा समाज जापानका संरक्षक श्री प्रेमप्रकाश रोका मगर ज्यू, तथा सल्लाहकारहरू श्री दयाप्रकाश बुढा मगर ज्यू, श्री कृष्णबहादुर रोका मगर ज्यू, श्री लच्छिन पुन मगर ज्यू, श्री बासु घर्ती मगर ज्यू, साथै पूर्वी रुकुम समाज जापानका सल्लाहकारहरू श्री साहस बुढा मगर ज्यू र श्री लक्ष्मण घर्ती मगर ज्यू लगायत सम्पूर्ण अतिथि महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
त्यसैगरी, कार्यक्रमलाई सफल र व्यवस्थित बनाउन साथ सहयोग गर्नुहुने Yehey Remit, MB Chiba, B.Bright 株式会社, Yeti Mart तथा Paila Kitchen परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यहाँहरूसँग यस्तै सहकार्य गर्दै अगाडि बढ्न पाउने अपेक्षा राख्दछौं।
यस कार्यक्रमलाई सफल बनाउन महिनौँ दिनदेखि निरन्तर खटिनुहुने पूर्वी रुकुम समाज जापान र रोल्पा समाज जापानका सम्पूर्ण कार्यसमिति, संरक्षक, सल्लाहकार तथा कार्यक्रमको दिन विभिन्न जिम्मेवारी सम्हाल्दै अथक मेहनत गर्नुहुने सम्पूर्ण साथीहरूमा हार्दिक आभार व्यक्त गर्दछौं।
विशेष रूपमा भुमे पूजा तथा भुमे नाँचलाई व्यवस्थित, मर्यादित र मौलिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने श्री लच्छिन पुन मगर ज्यू, श्री दयाप्रसाद बुढा मगर ज्यू, श्री साहस बुढा मगर ज्यू, श्री प्रेमप्रकाश रोका मगर ज्यू तथा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
कार्यक्रमका अविस्मरणीय क्षणहरूलाई आफ्नो क्यामेरामा कैद गरी स्मरणीय बनाउन सहयोग गर्नुहुने Guest Camera Man श्री साइमन श्रेष्ठ ज्यू लाई विशेष धन्यवाद व्यक्त गर्दछौं।
साथै, ओसाका, नागोया, कानागावा, टोकियो, साइटामा, इबाराकी, गुन्मा, चिबा लगायत जापानका विभिन्न स्थानबाट उपस्थित भई कार्यक्रमलाई सफल बनाउन साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण रुकुमेली, रोल्पाली तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आभार व्यक्त गर्दछौं।
अन्त्यमा, कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको अनुभूति हामीले गरेका छौँ। यद्यपि ठूलो संख्यामा सहभागीहरू रहेको कार्यक्रममा केही कमीकमजोरी हुन सक्ने भएकाले आयोजकको तर्फबाट क्षमायाचना गर्दछौँ। प्राप्त सुझाव र सल्लाहलाई आत्मसात गर्दै आगामी दिनमा अझ व्यवस्थित, प्रभावकारी, सभ्य र भव्य कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
आयोजक
रोल्पा समाज जापान
पूर्वी रुकुम समाज जापान
धन्यवाद।
Go Back