June 19, 2026
रोल्पा समाज जापान र पूर्वी रुकुम समाज जापानको संयुक्त आयोजनामा आगामी जुन २१, २०२६ (आइतबार) का दिन आयोजना हुन गइरहेको भूमे पूजा (नाँच) तथा बनभोज (BBQ) कार्यक्रम को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन चाहन्छौं।
“आफ्नो संस्कार, संस्कृति, भेषभूषा र मौलिक पहिचानको जगेर्ना र प्रवर्द्धनका लागि” भन्ने मूल उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौं।
कार्यक्रम सफल बनाउन आवश्यक व्यवस्थापन, पूजा सामग्री, सांस्कृतिक कार्यक्रम, खानपान, पेय पदार्थ, अतिथि सत्कार, सुरक्षा तथा अन्य सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन्। यस ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भई आफ्नो मौलिक संस्कृति संरक्षणको अभियानलाई थप मजबुत बनाउन जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबा तथा युवा पुस्तालाई हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रम विवरण
📅 मिति: 2026/6/21 (Sunday)
⏰ समय: 11:00 ~ 16:00 (JST)
📍 स्थान: Kasai Rinkai Park
प्रवेश शुल्क
🙋♂️ पुरुष: 4,000¥
👩 महिला तथा विद्यार्थी: 3,500¥
👦 १० वर्ष मुनिका बालबालिका: निःशुल्क
👉 Unlimited Drinks & Snacks उपलब्ध हुनेछ।
सम्पर्क
📞 080-9272-1718
📞 080-6460-8907
📞 080-4467-4424
📞 070-4518-1776
कार्यक्रमलाई भव्य, सभ्य तथा ऐतिहासिक बनाउन यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेका छौं।
अब केवल २ दिन बाँकी छ।
आउनुहोस्, आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई सँगै संरक्षण तथा प्रवर्द्धन गरौं।
आयोजक
रोल्पा समाज जापान
पूर्वी रुकुम समाज जापान
Go Back