टोकियोमा ‘Yehey Remit’ को नयाँ कार्यालय सुरु हुँदै ।

May 08, 2026

टोकियोमा ‘Yehey Remit’ को नयाँ कार्यालय सुरु हुँदै ।
टोकियो । जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सञ्चालनमा आएको रेमिट्यान्स सेवा कम्पनी Yehey Remit ले टोकियोको आकिहाबारा क्षेत्रमा आफ्नो नयाँ कार्यालयको भव्य उद्घाटन गर्ने भएको छ। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार आगामी मे ९, २०२६ (शनिबार) बिहान १० बजेदेखि टोकियोको चियोदा–कु स्थित Inter ACT बिल्डिङको तेस्रो तलामा नयाँ कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम आयोजना हुने भएको हो । कार्यक्रममा रिबन कटिङ,शुभकामना आदनप्रदान सहित विशेष अफर, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत राखिएको कम्पनीले जनाएको छ।
Go Back